प्युर्टो रिकोमाथि अर्जेन्टिनाको ६ गाेल -वाइरिबल

अशोज २९, २०८२
argent by Ditible

काठमाडाैं । विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा प्युर्टो रिकोलाई फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले प्युर्टो रिकोमाथि ६-० को सानदार जित दर्ता गरेको हो।

खेलमा अर्जेन्टिनाका लागि मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले दुई गोल गरे, उनले १४औं र ३६ औं मिनेटमा गोल गरेका थिए। डिफेन्डर गोन्जालो मोन्टिएलले २३ औं मिनेटमा अर्जेन्टिनाका लागि दोस्रो गोल गरे। खेलको दोस्रो हाफमा अर्जेन्टिनाले गोलको वर्षा गर्‍यो। फरवार्ड लौटारो मार्टिनेजले पनि दुई गोल गरे, उनले ७९ र ८४औं मिनेटमा गोल गरेका थिए।

अर्जेन्टिनाको गोल संख्यामा प्युर्टो रिकोका खेलाडी स्टीभन एचेभेर्रियाले ८४ मिनेटमा गरेको आत्मघाती गोल पनि जोडियो, जसका कारण अर्जेन्टिनाले ६-० को प्रभावशाली जित हासिल गर्न सफल भयो।

विश्वकप छनोटको तयारीका क्रममा रहेको अर्जेन्टिनाको लागि यो जितले खेलाडीहरूको मनोबल उच्च बनाउन सहयोग पुगेको छ । कप्तान लियोनल मेस्सीले गोल गर्न नसके पनि उनले गोलका लागि केही असिस्ट प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published.