काठमााडाैं । आईसीसी टी-२० विश्वकप छनोटको सुपर सिक्स अन्तर्गत कतारले जापानलाई ३ विकेटले पराजित गरेको छ। ओमानस्थित अल अमेरत क्रिकेट ग्राउण्डमा भएको यो रोमाञ्चक खेलमा अन्तिम ओभरको अन्तिम बलअघि कतारले जित हात पारेकाे हाे ।
टस जितेर फिल्डिङ रोजेको कतारले जापानलाई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३९ रनमा रोकेको थियो। जापानका लागि एसाम रहमानले अविजित ६० रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए, भने बेन्जामिन इलो-डेभिसले ३२ रनको योगदान दिए।
कतारका लागि मोहम्मद असिम लियाकत-अलीले ३ तथा मोहम्मद इक्रमुल्लाहले २ विकेट लिए।
१४० रनको लक्ष्य पछ्याएको कतारले १९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कतारका लागि शारिक मुनिरले सर्वाधिक ४१ रन बनाएका थिए। यस जितमा बलिङतर्फ ३ विकेट लिएका र ब्याटिङमा २४ रन जोडेका असिन लियाकत-अलीको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण रह्यो।
जापानले राम्रो सुरुवात गरे पनि कतारका मध्यक्रमका ब्याट्सम्यानले संयमित खेल देखाउँदै टोलीलाई जित दिलाए। खेलको उत्कृष्ट प्रदर्शनका लागि कतारका शारिक मुनिर ‘प्लेयर अफ द म्याच’ घोषित भए।













