एएफसी महिला एसियन कप छनोटः बराबरीमै राेकिए नेपाल र तुर्कमेनिस्तान -वाइरिबल

अशोज ३०, २०८२
nepal vs turki by Ditible

काठमाडौँ । एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलको छ ।

थाइल्याण्डको चोनबुरी स्टेडियममा गएराति भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । यस बराबरी खेलसँगै नेपालको एएफसी महिला यू–१७ एसियन कप फुटबलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालले अब समूहको दोस्रो खेल यही असोज ३१ गते थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

थाइल्याण्ड तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी एक अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको एक अङ्क मात्र छ । तुर्कमेनिस्तान छनोटबाट बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.