काठमाडौं । आईसीसी टी२० विश्वकप क्वालिफायरको ‘सुपर सिक्स’ चरणको अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले सामोआविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट सुरुवात गर्ने क्रममा उनले ३१ बलमा ६ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । हाल १० ओभरमा नेपालले एक विकेटको क्षतिमा ८७ रन जोडेको छ ।
सामोआविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ आशिफ शेखको अर्धशतक -वाइरिबल
अशोज ३१, २०८२













