हालान्डले ५ मिनेटमा गरे दुई गोल गरेपछि सिटीकाे जित -वाइरिबल

कार्तिक २, २०८२
man cirt by Ditible

काठमाडाैं । ईङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क सुरक्षित गरेको छ । सिटीको जितमा नर्वेजियन स्टार एर्लिङ हालान्डले दुई गोल गरे।

पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरे पनि गोलरहित बराबरीमा टुङ्गिएको थियो। तर, दोस्रो हाफमा म्यानचेस्टर सिटीले आफ्नो लय भेट्टायो।

खेलको ५८ औं मिनेटमा हालान्डले पहिलो गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए। त्यसको लगत्तै, ६३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपे। मात्र ५ मिनेटको अन्तरमा हालान्डले गरेका यी दुई गोल नै सिटीको जितका लागि निर्णायक बने।

एभर्टनले खेलमा फर्किने प्रयास गरे पनि सिटीको बलियो रक्षापंक्तिलाई तोड्न सकेन।

Leave a Reply

Your email address will not be published.