इन्टर मियामीकाे जितमा मेस्सीको ह्याट्रिक -वाइरिबल

कार्तिक २, २०८२
messi 1 by Ditible

काठमाडाैं । मेजर लिग सकरमा इन्टर मियामीले नासभिलमाथि ५-२ गोलको फराकिलो जित दर्ता गरेको छ । इन्टर मियामीको यस सानदार जितमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले उत्कृष्ट ह्याट्रिक गरे।

मेस्सीले खेलको ३४ औं मिनेटमा पहिलो गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्त्यतिर नासभिलका साम सर्रिज र जेकब शाफेलबर्गले गोल गरेपछि नासभिलले २-१ को अग्रता बनाउन सफल भयो।

दोस्रो हाफमा मेस्सी र इन्टर मियामीको आक्रामक खेल देखियो। मेस्सीले ६३ औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। त्यसपछि, मेस्सीले नै ८१ औं मिनेटमा आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ३-२ को अग्रता दिलाए।

खेलको अन्तिम क्षणहरूमा इन्टर मियामीले थप गोल गर्‍यो। ८७ औं मिनेटमा बाल्टासार रोड्रिग्वेज र इन्जुरी टाइममा टेलास्को सेगोभियाले एक-एक गोल थपे। फलस्वरुप, इन्टर मियामीले नासभिललाई ५-२ गोल अन्तरले पराजित गर्‍यो।

Leave a Reply

Your email address will not be published.