काठमाडाैं । अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ ।
वर्षाका कारण २६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन जाेडेकाे हाे । र घरेलु टोली अष्ट्रेलियालाई जितका लागि १३७ रन को सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
वर्षाले खेल प्रभावित हुनुअघि नै भारतको शीर्षक्रमका ब्याट्सम्यानहरू सस्तैमा पेभिलियन फर्किसकेका थिए । ओपनर रोहित शर्मा, विराट कोहली र कप्तान शुभमन गिलको प्रदर्शन खासै जम्न सकेन।
मध्यक्रममा केएल राहुलले ३८ रनको सर्वाधिक रन बनाउँदै पारी सम्हाल्ने प्रयास गरे।
अलराउन्डर अक्षर पटेलले पनि ३१ रनको उपयोगी योगदान दिए। डेब्यु खेलाडी नितिश कुमार रेड्डीले अन्तिममा ११ बलमा १९ रन बनाए पनि त्यो पर्याप्त भएन।
अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुड, मिचेल ओवेन र म्याथ्युले समान २-२ विकेट लिए ।













