काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल म्यानचेस्टर युनाइटेडसँग पराजित भएकाे छ । गएराति भएकाे खेलमा युनाइटेडले लिभरपुललाई २-१ ले हराएको हाे ।
म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो मिनेटमै म्बेउमोकाे गोलमा अग्रता लिएको थियो। तर लिभरपुलका लागि कोडी गाक्पोले खेलको ७८औं मिनेटमा बराबरी गोल फर्काएका थिए। पछि, युनाइटेडका लागि ह्यारी म्याग्वायरले ८४औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।













