पेरिस। युइएफए च्याम्पियन्स लिगको साविक विजेता फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले जर्मनीको लेभरकुसनमाथि ७-२ को विशाल जित दर्ता गरेको छ।
खेलको सुरुदेखि नै आक्रामक देखिएको पीएसजीका लागि ६ फरक खेलाडीले गोल गरे। पीएसजीका लागि युवा स्टार देसिरे डोउएले ४१औं र ४८औं मिनेटमा दुई गोल गरे। अन्य गोलहरूमा विलियन पाचो, खभिका क्वारात्स्केलिया, नुनो मेन्डेस, औस्मान डेम्बेले, र भिटिन्हाले एक-एक गोल गरे।
लेभरकुसनका लागि भने एलेक्स गार्सियाले दुई गोल गरे, जसमा उनले ३८औं मिनेटमा पेनाल्टी र ५४औं मिनेटमा अर्को गोल गरेका थिए।
त्यसअघि ३३औं मिनेटमा लेभरकुसनका रोबर्ट एन्ड्रिचले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भयो। यद्यपि त्यसको केही समयपछि नै पीएसजीका इलिया जाबार्नीले पनि रातो कार्ड पाएका थिए।













