काठमाडाैं । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले भारतलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ ।
आज टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४६.४ ओभरमा २३६ रन बनाएर अलआउट हुन पुग्यो। यो खेल जित्दै सिरिजमा ‘क्लिन स्वीप’ गर्न चाहने अष्ट्रेलियाले मध्यम स्कोर मात्रै बनाउन सक्यो।
अष्ट्रेलियाका लागि युवा ब्याट्सम्यान म्याट रेनशॉले सर्वाधिक ५६ रन बनाए । उनले ५८ बलको सामना गर्दै २ चौका प्रहार गरे। कप्तान मिचेल मार्शले ५६ बलमा ४१ रन, ट्राभिस हेडले २९ रन र म्याट शर्टले ३० रनको योगदान दिए। विकेटकिपर एलेक्स केरी २४ रनमा आउट भए भने तल्लो क्रममा नाथन एलिसले १८ रन जोडे।
अष्ट्रेलियालाई सहजै समेट्ने क्रममा भारतका तीव्र गतिका युवा बलर हर्षित रानाले ४ विकेट लिए । यस्तै, स्पिनर वासिङटन सुन्दरले २ विकेट लिए भने अक्षर पटेल, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण र कुलदीप यादवले १-१ विकेट हात पारे।
अष्ट्रेलियाले सिरिजमा २-० को अग्रता लिइसकेको छ। भारतले यो खेल जितेमा सिरिजको सुखद अन्त्य हुनेछ।










