लगातार दुई खेलमा शून्यमै आउट भएका कोहलीले हाने अर्धशतक -वाइरिबल

कार्तिक ८, २०८२
kohli by Ditible

काठमाडौं । अष्ट्रेलियाविरुद्धको जारी एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्धशतक प्रहार गरेका छन् ।

अस्ट्रेलियाले दिएको २३७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा कोहलीले ५८ बलमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनी दुवै खेलमा शून्य रनमै आउट हुँदा आलोचनाको सिकार बनेका थिए । हाल

अस्ट्रेलियाले एक खेल अगावै शृङ्खलाको उपाधिको रक्षा गरिसकेको छ । यो अन्तिम खेलमा भने भारत जित नजिक पुगेको छ । कोहलीसँगै क्रिजमा रोहित शर्मा पनि शतक नजिक छन् ।

भारतले यस अस्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय र पाँच टी(२० खेल खेल्ने तालिका छ।

Leave a Reply

Your email address will not be published.