काठमाडाैं । साउदी प्रो लिगमा अल-नासर क्लबले अल-हज्ममाथि २-० को सहज जित दर्ता गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सको गोलको मद्दतमा अल-नासरले महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
खेलको सुरुबाटै दबाब बनाएको अल-नासरका लागि पोर्चुगलका स्ट्राइकर जोआओ फेलिक्सले खेलको २५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
यसपछि, निर्धारित समय सकिनै लाग्दा अल-नासरका कप्तान तथा विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले ८८ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उनकाे याे करिअरकाे ९५०औं गाेल हाे ।
प्रतिस्पर्धात्मक खेलमा अल-हज्मले गोल फर्काउन नसक्दा अल-नासरले २-० को नतिजासहित पूर्ण समयको जित हात पारेको छ। यस जितसँगै अल-नासरले लिगमा आफ्नो स्थिति बलियो बनाएको छ।










