लिभरपुलमाथि ब्रेन्टफोर्डको सनसनीपूर्ण जित -वाइरिबल

कार्तिक ९, २०८२
liverpool by Ditible

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले स्तब्ध पारेको छ । लिभरपुलले खेलमा दुई गोल गरे पनि ब्रेन्टफोर्डले तीन गोल फर्काउँदै तीन अंक हासिल गरेको हो।

ब्रेन्टफोर्डका लागि खेलको ५ औं मिनेटमै डाङ्गो औताराले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा केभिन शाडेले गोल गरेपछि ब्रेन्टफोर्डले २-० को अग्रता बनायो। तर, इन्जुरी समयमा लिभरपुलका लागि मिलोस कर्केजले गोल फर्काएपछि पहिलो हाफ २-१ को स्थितिमा टुङ्गियो।

दोस्रो हाफमा खेल रोमाञ्चक बन्यो। ब्रेन्टफोर्डका इगोर थियागोले ८० औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै टोलीलाई ३-१ को अग्रतामा पुर्‍याए।

यद्यपि, लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सलाहले ८९ औं मिनेटमा एक गोल गर्दै खेललाई ३-२ को नजिक पुर्‍याएका थिए। तर, त्यसपछि थप गोल हुन नसक्दा लिभरपुल ब्रेन्टफोर्डसँग पराजित हुन पुग्यो।

लिभरपुलको यस हारले शीर्ष चारको दौडमा धक्का लागेको छ।

Leave a Reply

Your email address will not be published.