काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेर बलिङ रोजेको नेपालले पहिलो १० ओभरमा ३२ रन दिएर एक विकेट लिएको हो । नेपालका बलरसामू अमेरिकाका ब्यासम्यानले हात खोल्न सकेका छैनन् । ७.२ ओभरमा नेपालका सोमपाल कामीले २९ बल खेलेका आन्द्रेस गौसलाई ११ रनमा पवेलियन फर्काएका थिए ।










