काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाविरुद्ध नेपालले लगातार महत्वपूर्ण सफलता हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाका लागि क्रिजमा टिकेका साइतेजा मुक्कामल्ल ४२ रन बनाएर आउट भएका हुन् । ३४.३ ओभरमा उनलाई सन्दीप लामिछानेले बोल्ड गरेका हुन् ।
यसअघि ३२.५ ओभरमा ७५ रन बनाएर खेलिरहेका ओपनर स्मित पटेललाई सोमपालले रनआउट भएका थिए । पटेल र साइतेजाको बढ्दो साझेदारी सोमपाल कामीले तोडेका हुन् । उनीहरुले ९५ रनको साझेदारी गरेका थिए ।
हाल अमेरिका ४ विकेटको क्षतिमा १४७ रन जोडेर खेलिरहेको छ ।










