काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध बनेको छ ।
एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा म्याटी क्यासले १९औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यस जितसँगै एस्टन भिल्लाले लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ, जबकि बलियाे म्यानचेस्टर सिटीले महत्त्वपूर्ण अंक गुमाएको छ ।













