रियल बेटिसमाथि एट्लेटिको म्याड्रिडको जित -वाइरिबल

कार्तिक ११, २०८२
atletivo by Ditible

काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोलअन्तरले पराजित गरेको छ।

एट्लेटिकोको जितमा दुई युवा खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। खेलको सुरुवाती तेस्रो मिनेटमै जुलियानो सिमेओनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलेक्स बीएनाले अर्को गोल थप्दै एट्लेटिकोको जित सुनिश्चित गरे।

रियल बेटिसले घरेलु मैदानमा गोल फर्काउने प्रयास गरे पनि एट्लेटिको म्याड्रिडको बलियो रक्षापंक्ति तोड्न सकेन।

Leave a Reply

Your email address will not be published.