नेपालगन्ज । नेपालगन्जमा राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणको तयारी तिव्र गतिमा भइरहेको छ । पौडी प्रतियोगितामा सहभागिताका लागि अहिलेसम्म एक सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जानकारी दिएको छ।
उक्त प्रतियोगिता नेपालगन्ज रङ्गशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुनेछ । प्रतियोगिताको तयारीलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए । उनका अनुसार
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १०० मिटर तथा खुला समुहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको आयोजकले बताएको छ ।













