एटलान्टा र एसी मिलानको बराबरी -वाइरिबल

कार्तिक १२, २०८२
atlanta by Ditible

काठमाडौं । इटालीयन शीर्ष फुटबल लिग सिरी ‘ए’ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा एटलान्टा र एसी मिलान ले १-१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्।

मिलानले खेलको सुरुवातमा नै अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा सामुएल रिचीले गोल गर्दै मिलानलाई १-० को अग्रता दिलाएका थिए। तर, मिलानको खुसी धेरै बेर टिक्न सकेन। एटलान्टाका लागि एडेमोला लुकम्यानले खेलको ३५औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

पहिलो हाफमा भएका यी दुई गोलबाहेक दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन र खेल निर्धारित समयसम्म १-१ को बराबरीमा सकियो।

Leave a Reply

Your email address will not be published.