काठमाडाैं । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको खेलमा संयुक्त राज्य अमेरिकाले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई ४ विकेटले पराजित गरेको छ।
युएईले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनाएको थियो। युएईका लागि हर्षित कौशिकले ५३ रनको अर्धशतकीय पारी खेले भने राहुल चोपडाले ३६ रन जोडे। अमेरिकाका लागि बलर सौरभ नेत्रवलकरले किफायती बलिङ गर्दै ३ विकेट लिए।
२१२ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा ६ विकेट गुमाएर जित हासिल गर्यो। अमेरिकाको जितमा मिलिन्द कुमारले उत्कृष्ट ७१ रनको योगदान दिए भने कप्तान मोनांक पटेलले ५० रन बनाए।
अमेरिकाका अलराउन्डर शुभम रञ्जने खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले पहिले बलिंगमा २ विकेट लिए भने ब्याटिङमा ८१ बलमा अविजित ४६ रन बनाउँदै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
युएईका लागि जुनैद सिद्धिकीले ३ तथा सिम्रनजीत सिंहले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
अमेरिकाकाे याे लगातार दाेस्राे जित हाे । यसअघि नेपालमाथि पनि फराकिलाे जित निकालेकाे थियाे ।













