नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने -वाइरिबल

कार्तिक १३, २०८२
nepal vs uae 1 by Ditible

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published.