काठमाडाैं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण यही मंसिर १ गतेदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो फ्रेन्चाइजी मोडलको प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। पहिलो सिजनको सफलतापछि दर्शक तथा क्रिकेटप्रेमीमा दोस्रो सिजनका लागि ठूलो उत्सुकता बढेको छ। यस सिजनमा पनि देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि खेलाडीहरूको ‘मिनी अक्सन’ सम्पन्न भइसकेको छ र टिमहरूले विदेशी खेलाडीहरू धमाधम अनुबन्ध गरिरहेका छन्। यसै क्रममा, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर फाफ डु प्लेसिस, अष्ट्रेलियन क्रिकेटर क्रिस लिनजस्ता खेलाडीले एनपीएल खेल्ने घोषणाले झनै बहुप्रतिक्षित बनाएको छ ।
तस्विर स्रोत- एनपीएल













