काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा अमेरिकाविरुद्ध अहिले नेपालले ब्याटिङ गरिरहेको छ । दुबईको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमा एक विकेटको क्षतिमा ५० रन जोडेको हो ।
क्रिजमा नेपालका लागि भीम सार्की र कुशल भुर्तेल छन् । भीमले २३ बलमा २४ रन र कुशलले ३६ बलमा २३ रन जोडेका छन् । यसअघि आशिफ २ रनमै आउट भएका थिए ।













