काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले लगातार विकेट गुमाएको छ ।
दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २४.१ ओभरमा आरिफ शेखलाई मात्र २ रनमा गुमाएको हो । त्यसअघि
२२औँ ओभरको पाँचौँ बलमा भीम सार्कीलाई ४३ रनमा गुमाएको थियो । उनलाई अमेरिकाका बलर हर्मीत सिंहले बोल्ड आउट गराए।
यसअघि २०औँ ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेल ४७ रन बनाएर क्याच आउट भएका थिए। उनलाई पनि हर्मीत सिंहले नै आउट गराएका थिए। कुशल र भीमले दोस्रो विकेटका लागि राम्रो साझेदारी गरेपनि लगातार विकेट गुमाउनु पर्दा नेपाल दबाबमा परेको छ ।
सुरुको दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई नोथेस केन्जिगेले बोल्ड गरेका थिए । हाल नेपालले ४ विकेटको क्षतिमा १२० रन जोडेको छ ।













