करण र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य -वाइरिबल

कार्तिक १५, २०८२
nepal rohit dipendra by Ditible

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्ततु गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन जोडेको हो । नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नंबरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published.