पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज -वाइरिबल

कार्तिक १६, २०८२
pak 1 by Ditible

काठमाडाैं । पाकिस्तानले घरेलु मैदानमा भएको दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो नाममा दर्ता गरेको छ।

गएराति गद्दाफी स्टेडियममा भएको तेस्रो तथा निर्णायक खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेकाे हाे । टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ९ विकेट गुमाएर मात्र १३९ रनमा रोकेका थिए। दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए।

पाकिस्तानको बलिङमा शाहीन अफ्रिदी सबैभन्दा सफल रहे। उनले ४ ओभरमा २६ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए। उस्मान तारिक र फहीम अशरफले पनि २-२ विकेट लिए।

१४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले बाबर आजमको अर्धशतकको मद्दतले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। बाबरले मात्र ४७ बलमा ६८ रनको शानदार इनिङ खेले।

दक्षिण अफ्रिकाका बलर कोर्बिन बोश र लिजाड विलियम्सले २-२ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

Leave a Reply

Your email address will not be published.