एस्टन भिल्लामाथि लिभरपुलकाे जित -वाइरिबल

कार्तिक १६, २०८२
liverpool by Ditible

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै लिभरपुलले लिगमा आफ्नो जितको यात्रा पुनः सुरु गरेको छ।

लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाह र रायन ग्राभेनबर्चले गरेका थिए।

खेलको पहिलो हाफको अतिरिक्त समयमा स्टार खेलाडी सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यो गोल सलाहको लिभरपुलका लागि २५०औँ गोल थियो, जसले उनलाई क्लबको इतिहासमा यो कोसेढुङ्गा पार गर्ने तेस्रो खेलाडी बनाएको छ।

दोस्रो हाफमा ५८ औँ मिनेटमा मिडफिल्डर रायन ग्राभेनबर्चले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे।

खेलमा एस्टन भिल्लाले पनि केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सकेन। लगातार चार खेलमा जितविहीन बनेपछि लिभरपुलको यो पहिलाे जित हाे ।

Leave a Reply

Your email address will not be published.