काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै आर्सनलले लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ ।
बर्नलीको घरेलु मैदान टर्फ मूरमा भएको यस खेलमा आर्सनलले सुरुवाती समयदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो । आर्सनलका लागि पहिलो गोल खेलको १४ औं मिनेटमा भिक्टर ग्योकेरेसले गरे ।
त्यसको केही समयपछि नै, खेलको ३५ औं मिनेटमा डिक्लान राइसले अर्को गोल थप्दै आर्सनललाई २-० को सहज अग्रता दिलाए । यस खेलमा बर्नलीले गोल फर्काउन सकेन र आर्सनलले क्लिन सिट राख्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
आर्सनलले यो लगातार नवौँ जित हासिल गरेको हो भने लिगमा सातौं क्लिन सिट राखेर आफ्नो उपाधि दाबेदारी बलियो पारेको छ ।










