गायन यात्राको २५औं वर्षमा ‘बुढा बुढी’गीत लिएर आउँदै रुन्चे गायक प्रकाश पौडेल -वाइरिबल

कार्तिक १६, २०८२
WhatsApp Image 2025 11 02 at 15.13.13 by Ditible

काठमाडौं । कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक प्रकाश पौडेलले यो साता रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक गर्ने भएका छन् ।

टिकटकमा रमाउनेहरुलाई लक्षित गर्दै बुढा बुढी गीत सृजना गरेको गायक पौडेलले बताए ।

पछिल्लो समय चर्चित ज्योतिषीको समेत परिचय बनाएका गायक पौडेलले लामो ग्याप पछि सांगीतिक क्षेत्रमा कमब्याक गरेको बताएका छन् । ‘वित्तिय क्षेत्रमा जागिर, त्यसपछिको समयमा ज्योतिष विद्याको अध्ययन र अभ्यासले गर्दा संगीतलाई समय दिन पाइरहेको थिइन्’ ज्योतिष गायक पौडेलले भनें–‘यो गीतपछि केही ग्याप गर्दै संगीत क्षेत्रलाई पनि समय दिने योजना बनाएको छु ।’

पहिलो एल्बम थ्रि मच देखि अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका उनले ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ गीतका अतिरिक्त ‘कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुडेंभुडी, भोली छुट्टी’ लगायतका चर्चित एवं लोकप्रिय गीत गाएका थिए ।

गायक पौडेलले केन्द्रबिन्दुसँग कुरा गर्दै भनेका छन्, ‘गत शुक्रबार नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भयो, त्यसैले एउटा सांगीतिक कोसेली स्रोता दर्शक माझ ल्याउने निर्णय गरेको हुँ ।’ ‘बुढा बुढी मिलेको कमिलाले चिलेको’को म्युजिक भिडियोलाई बरिष्ठ संचारकर्मी एवं निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई ओएसआर म्युजिकको युट्युब च्यानलबाट आगामी शुक्रबार सार्वजनिक गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.