अमेरिकाले युएईलाई दियाे २९३ रनको विशाल लक्ष्य, मुकामल्ला र मिलिन्दको उत्कृष्ट शतक -वाइरिबल

कार्तिक १७, २०८२
usa by Ditible

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय खेलमा संयुक्त राज्य अमेरिकाले घरेलु टोली युएईलाई जितका लागि २९३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर युएईले पहिला बलिङ गर्ने निर्णय लिएको थियो। युएईको निर्णयलाई गलत साबित गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर २९२ रनको विशाल योगफल तयार गर्‍यो। अमेरिकी इनिङ्समा दुई ब्याट्सम्यानले उत्कृष्ट शतक प्रहार गरेर टोलीको आधार बलियो बनाए।

साईतेजा मुकामल्लाले १४९ बलमा १३७ रन बनाए, जसमा १० चौका र ३ छक्का समावेश थियो। साथै मिलिन्द कुमारले पनि विस्फोटक ब्याटिङ गर्दै १२५ बलमा १२३ रन जोडे। उनको इनिङ्समा ११ चौका र १ छक्का सामेल थियो।

युएईका बलरहरूले कसिलो बलिङ गर्न सकेनन्, तर जुनैद सिद्धिकीले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए। मुहम्मद रोहितले पनि १ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published.