अमेरिकाद्वारा युएई सिरिजमा क्लिनस्विप, घरेलु टोलीमाथि २४३ रनकाे जित -वाइरिबल

कार्तिक १७, २०८२
usa 1 by Ditible

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा भएको एकदिवसीय सिरिजमा क्लनस्विप गरेको छ। आज भएको चौथो तथा आफ्नो अन्तिम खेलमा अमेरिकाले घरेलु टोली युएईलाई २४३ रनको विशाल अन्तरले पराजित गरेको हो ।

युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो, तर अमेरिकी ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर २९२ रनको चुनौतीपूर्ण योगफल तयार गरे। तर जवाफमा युएई निरीह देखियो । २१ रन बनाउँदै गर्दा नै ७ विकेट गुमाएको युएईले २२.१ ओभरमा अलआउट हुँदै ४९ रनमै समेटियो ।

युएईका ब्याट्सम्यानमध्ये जुनैद सिद्दिकीले मात्र १० रन बनाउन सके। अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

युएईलाई सस्तैमा समेट्ने क्रममा अमेरिकाका बलर रुशिल उगार्करले घातक बलिङ गरे। उनले ८.१ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चेर ५ महत्वपूर्ण विकेट लिए। नेत्रवाल्करले ८ ओभरमा ४ रन मात्रै खर्चिएर ३ विकेट लिए ।

यसैगरी, शतक प्रहार गरेका मिलिन्द कुमारले पनि १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर २९२ रनको विशाल योगफल तयार गरेकाे थियाे । अमेरिकी इनिङ्समा दुई ब्याट्सम्यानले उत्कृष्ट शतक प्रहार गरेर टोलीको आधार बलियो बनाए।

साईतेजा मुकामल्लाले १४९ बलमा १३७ रन बनाए, जसमा १० चौका र ३ छक्का समावेश थियो। साथै मिलिन्द कुमारले पनि विस्फोटक ब्याटिङ गर्दै १२५ बलमा १२३ रन जोडे। उनको इनिङ्समा ११ चौका र १ छक्का सामेल थियो।

यसअघि अमेरिकाले नेपालसँगका दुई खेल र युएईसँगको पहिलो खेल पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published.