मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा -वाइरिबल

कार्तिक १७, २०८२
mistake by Ditible

काठमाडौँ। होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक होटल मिस्टिक माउन्टेनका अनुसार प्रतियोगिता भोलिदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ । प्रतियोगितामा सात उमेरसमूह र दुई खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण बज्राचार्यले जानकारी दिए। यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिङ्गल्स तथा ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिङ्गल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एक सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुनेछन् ।

दोस्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेर समूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस सङ्घको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको पुरस्कार राशि जम्मा रु दुई लाख ७८ हजार रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published.