जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित -वाइरिबल

कार्तिक १७, २०८२
josh brown by Ditible

काठमाडौं । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ।

ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे।

जोस ब्राउनले टी-२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी-२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन्।

“एनपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु। नेपाली समर्थकलाई छिट्टै भेट्ने छु,” ब्राउनले भने।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए।

सुदूरपश्चिम रोयल्सको टोली:दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

Leave a Reply

Your email address will not be published.