काठमाडाैं । चर्चित गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको ‘माया हुन्छ भन न’ बोलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको यस गीतलाई ज्ञानेन्द्र गदालले शब्दबद्ध गरेका छन्। गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार श्रीकृष्ण निरौला र मेनुका माझीकाे उत्कृष्ट अभिनय देख्न सकिन्छ।
निर्देशक इङ्गि होप कोइँच सुनुवारको निर्देशनमा बनेको यो भिडियोमा श्रीकृष्ण र मेनुकाको जोडीले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। काजी टेक कटुवालले निर्माण गरेको यस गीतको अडियो र भिडियो दुवै पक्ष सबल रहेको देखिन्छ।
प्रेम, मिलन र बिछोडको भावनात्मक कथालाई समेटिएको भिडियो दिनेश पराजुलीले छायांकन र कपलेश विश्वकर्माले सम्पादन गरेका हुन्।
यो गीतले नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान बनाउने अपेक्षा गरिएको छ। दर्शकले गीतलाई मेनुका माझीको आधिकारिक युट्युब च्यानलमा हेर्न सक्नेछन्।













